बीरगंज महानगरपालिकाको जगरनाथपुरमा गत माघ ६ गते धानबालीमा आगो लगाएका दोषीहरुलाई कारवाहीको माँग गर्दे जनता समाजवादी पार्टी नेपाल पर्साले शान्तिपुर्ण जुलुश निकालेको छ । जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले हातमा जलेको धान लिएर बिरोध जनाउंदै नगर क्षेत्र परिक्रमा गरी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । घटना भएको दश दिन बितिसक्दा पनि हाल सम्म दोषीलाई स्थानिय प्रहरी प्रशासनबाट कारवाही नभएको भन्दै बिरोध जुलुश निकालिएको बीरगंज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ताले भने, राजनितिक प्रतिशोध साध्नका लागी कृषक हरिन्द्र यादवको धानबालीमा आगजानी गरिएको जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले आरोप लगाए । संघीय खानेपानी मन्त्री प्रदिप यादवको ईशारामा उनका समर्थकहरुले गत माघ ६ गते राती हरिन्द्र यादवको २ सय क्वीन्टल भन्दा बढीको धानबालीमा आगजानी गरिएको अध्यक्ष रामनरेशको भनाई रहेको छ । माघ ८ गते जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम बिथोल्नका लागी मन्त्री यादवले प्रयास गरेपनि उनको प्रयास असफल भएपछि राजनितिक प्रतिशोध साध्नका लागी धानबालीमा आगजानी गरिएको जुलुशमा सहभागी भएका जसपा नेपालका कार्यकर्ताहरुले दाबी गरे, राजनितिकमा ब्यतिmगत दुश्मनी कहिलो पनि हुन्दैन, तर मन्त्री प्रदिप यादवले किसानको धानबालीमा आगजानी गरेर ब्यतिmगत दुश्मनी गरेको उतm घटनाले छलँग भएको जसपा नेपालका नेताहरुले भने, जब सम्म दोषीलाई कारवाही नभएसम्म हामी शान्तिपुर्ण तरिकाले जुलुश प्रर्दशन गरिने बताएका छन् । जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा निस्कीएको जुलुशले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउंदै दोषीलाई चाँडो भन्दा कानुनी दायरामा ल्याउन माँग गरेको छ । धानबालीमा आगजानी गरेका ब्यतिmको पहिचान भईसकेको हुनाले प्रशासनले दोषीलाई कारवाहीको दायरामा नल्याइए जसपा नेपालले थप आंदोलन कार्यक्रमहरु गर्ने चेतावनी समेत दिइएको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बताउनु भयो । ज्ञापन पत्र बुझदै प्रजिअ अर्यालले धानबालीमा आगजानी गर्ने ब्यतिmलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भयो । घटनाबारे अनुसन्धान भईरहेको हुनाले पिडीतलाई राहत दिलाउनका लागी कुनै कसर बाँकी नराख्ने प्रजिअ गणेश अर्यालले भन्नु भयो । जसपा नेपालको आयोजनामा गरिएको जुलुशमा संघीय मन्त्री प्रदिप यादव बिरोध तथा नाराबाजी समेत गरेका हुन् ।