अंग्रेजी नयाँ वर्षको दिन जनमत पार्टी पर्साले बीरगंजमा राष्ट्रिय धोती दिवस मनाइएको जनमत पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले बताए । सरार्फले बताए अनुसार बीरगंज मात्र नभएर देशभरी नै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले राष्ट्रिय धोती दिवस मनाइएको हो । बीरगंजको घण्टाघरमा सम्पन्न भएको राष्ट्रिय धोती दिवसमा पर्सैली जनताहरुलाई सहभागी हुनका लागी जनमतले अपील गरेको थियो । मधेस र मधेसीको पहिचानको संरक्षण तथा जगेर्नाका साथै देश–विदेशमा मधेसी पोशाकको प्रचारप्रसारका लागि अंग्रेजी नयाँ वर्षको दिन राष्ट्रिय धोती दिवस मनाउन लागिएकाले आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर उक्त कार्यक्रममा ठुलो सँख्यामा सहभागीता जनाउनका लागी जनमत पार्टी पर्साले स्थानिय वासिन्दाहरु सँग आग्रह गरेको हो ।