बिलबिजक भन्दा बढीको सामाग्रीहरु लोड गरेको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा किशोर लम्सालले जानकारी दिनुभयो । भन्सार छली गरेको सामानहरु लोड गरेको हामीलाई सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट वरिष्ठ सई रमेश बजगाईको कमाण्डमा खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २१ स्थित रहेको हनुमा चोकमा ना ८ ख ४१२४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढी खुदा्र तथा औषधीहरु लोड गरेको बरामद भएपछि उतm मालवाहक ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक लम्सालले भन्नु भयो । खुद्रा तथा औषधीजन्य सामाग्रीको ७६ लाख, ७५ हजार ४ सय ५१ रुपैया मुल्याड्कन गरी राजस्व अनुसन्धान पथलैयामा पठाइएको हो ।