बीरगंज महानगरपालिका वडा नम्बर २६ सुगौली बिर्ताका वडा अध्यक्ष शम्भु मिश्रले ३५ जनालाई कम्बल बितरण गर्नुको साथै औषधी बितरण गरेका छन् । सुगौली बिर्ताका स्थानिय वासिन्दाहरु बीरगंज सामुदायीक आँखा अस्पतालमा मोतिया बिन्दुको शल्यक्रिया गराएका बिरामीहरुलाई कम्बल तथा औषधी आउने जाने भाँडा उपलब्ध गराएको वडा अध्यक्ष मिश्रले बताउनु भयो । अध्यक्ष मिश्रले वडाका वासिन्दाहरुलाई नि शुल्क मोतियाबिन्दुको शल्यक्रिया पनि गराएका हुन् ।