पर्साको छिपरमाई गाउँपालिका भष्ट्रचारमा लिप्त भएको भन्दै स्थानिय वासिन्दाहरु धर्ना कार्यक्रम सुरु गरेका छन् । गाउँपालिका कर्मचारी तथा जनप्रतिनिधीहरु भ्रष्टचारमा लिप्त भएको आरोप लगाउंदै पारदिर्शताको माँग गर्दे स्थानियहरु वासिन्दाहरु गाउँपालिका अगाडी धर्ना शुरु गरेका हुन् । छिपरमाई संघर्ष समितीको बाइनरमा स्थानियहरुले २६ बुदे माँग राख्दै धर्ना कार्यक्रम शुरु गरेको धर्मेन्द्र यादवले जानकारी दिए । गाउँपालिकाले बिकाश कार्यको योजना कामहरु लुकाउंदै आएको यादवले आरोप लगाए । गाउँपालिकाले आफनो वेभ साईडमा कुनै पनि बिकाश कार्य योजनाहरु नराखेको बताउंदै पटक पटक सार्वजनिक गर्ने आग्रह गर्दा पनि अटेरी गरेको हुनाले धर्नामा बसेको स्थानियहरुले बताएका छन् । हाम्रो माँग पुरा नभएसम्म धर्ना कार्यक्रम जारी रह्ने धर्मेन्द्र यादवले भने, छिपरमाई गाउँपालिकामा दोसा्रे दिन पनि स्थानियहरुले धर्नामा बसेका छन् । यसैबीच गाउापालिकाका अध्यक्ष मनोज गुप्ताले संघर्ष समितीले उठाएको माँग दुईवटा जायज रहेको अन्य माँगहरु अनुचित रहेको बताउनु भयो ।