जाडो याम बढेपछि पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकामा हिन्दु जागरण नेपाल तथा विश्व हिन्दू महासंघको सहयोगमा १५० जना दलितहरुलाई ज्याकेट वितरण गरिएको छ।
हिन्दू जागरण नेपालका ध्रुव प्रसाद लुइँटेल र पं रामकृष्ण उपाध्यायको उपस्थितीमा ज्याकेट बितरण कार्यक्रम सम्पन्न भएके हो । बाक्लो हुसु र चिसो हावाका कारण सानावालवालिकाहरु जाडोबाट बच्नाका लागी २ वर्ष देखी १४ वर्ष सम्म बालवालिकाहरुलाई ज्याकेट बितरण गरिएको नेपाल बिश्व हिन्दु महासंघका अभिषेक तिवारीले बताउनु भयो ।