सशस्त्र प्रहरीले बीरगंजबाट भन्सार छली गर िल्याएको भारतीय कपडा बरामद गरेको छ । बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण तथा सिमा सुरक्षा गुल्म बीरगंज भन्सारको संयुतm टोलीले बीरगंज महानगरपालिका वडा नम्बर ७ कुम्हालटोल स्थित रहेको एक घरमा छापामारी गर्दा भण्डारण गरी राखिएको अवस्थामा अन्दाजी ८ लाख , २८ हजार नेपाली रुपैया बराबरको भारतीय कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बरका गणपति राधेश्याम धितालले जानकारी दिनुभयो । भरिया तस्करहरुले अबैध तरिकाले भन्सार छली गरी लत्ता कपडा , कुर्ता सुरुवाल भण्डारण गरीरहेको सुचना पाएपछि छापामारी भएको हो । बरामद भएको कपडाहरु थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरी उपरिक्षक धितालले भन्नु भयो ।