बीरगंज महानगरपािलका वडा नम्बर ४ स्थित रहेको श्री त्रि जुध्द्ध महाबीर प्रसाद रघुबीर उच्च माविमा ग्रिन सिटी सामुदायीक प्रहरी सेवा केन्द्र आर्दशनगरद्धारा स्वच्छ एवं हराभरा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा त्रि जुध्द्ध माबीमा अध्ययनरत रहेका छात्र तथा छात्राहरुलाई बिरगंज नगर क्षेत्रलाई हराभरा र सफा सुन्दर बनाउनका लागि सानैदेखि नै सरसफाई र हरियालीको महत्व बुझाउन एवम् यसको बानी बसाल्नका लागि स्कुलमा सरसफाई र हरियालीको महत्व सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिईएको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताउनु भयो । बीरगंजको सौन्र्दय अझै बढाउनका लागी बिधालयमा गएर छात्र तथा छात्राहरुलाई स्वच्छ एवं हराभरा , बोट बिरुवा सम्बन्धि जनचेतनामुलक प्रशिक्षण दिईरहेको अध्यक्ष खेतानले भने, बिभिन्न प्रजातिको बोट बिरुवाहरु पनि रोपिएको थियो । बीरगंज महानगरपालिकाका सरसफाई महाशाखाका सर्फुदिन मियाको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेबा केन्द्रका उपाध्यक्ष संजय शर्मा,त्रिलोक चन्द थारू , ओमान तुलसियान , चन्द्र अग्रवाल लगायत वडा प्रहरी कार्यालय बिर्ताका वरिष्ठ सई यमनाथ पनेरु सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।