राष्ट्रिय पोशाक तथा धोती दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी बीरगंजमा मनाईएको छ । बीरगंज महानगरपालिकाद्धारा सञ्चालित भोजपुरी प्रतिष्ठानले सिद्धार्थ माबीमा राष्ट्रिय पोशाक एवं धोती दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको हो । धोती मधेशको पहिचान हो , यही पहिचानले गर्दा हामी मधेशी हौ भनेर चिने गरेका छौ। अहिलेका युवावर्गहरुले धोती लगाउनमा लाज माने गर्छत् तर दुर्भाग्यको बिषय अहिले युवाहरुलाई आफनो पहिचान भनमा लाज मानु ,कार्यक्रममा सहभागी भएका सारोकारवालाहरुले बताएका छन् । कार्यक्रमको प्रमु अतिथी सिद्धार्थ माबीका प्रधानअध्यापक बिनोद मेहताले आफनो भाषा र संस्कृति संरक्षण गर्नुपर्ने कुरामा जोड दिनु भयो । प्र अ मेहताले भने, हामी एउटै समाजमा विभिन्न किसिमका भाषा,संस्कृती , रहन सहन भएकाहरु बसोबास गर्ने सामाजिक प्राणी हौँ । एकले अर्काको भाषा , संस्कृतीप्रती सद्भाव राख्नुपर्छ र हाम्रो पुर्खाहरुले हामीलाई अमानतको रुपमा दिएको आफ्नो संस्कृती पनि विर्सिनुहुँदैन भन्दै भोजपुरी भाषा हाम्रो गौर्व हो धोती लगाउनु हाम्रो लागी शान भएको बताउनु भयो । राष्ट्रिय पोशाक दिवसमा टोपि र धोती दिवसको आफ आफ्नै महत्व रहेकोले सबैले आ आफ्नो संस्कृती अनुसार आजको दिनलाई स्मरण गर्नुपर्ने कार्यक्रममा सहभागी भएका वतmाहरुले बताउनु भएको छ । कार्यक्रममा प्र।अ विनोद मेहताले कविता मार्फत भोजपुरी भाषा , सस्कृती ,रहनसहन तथा पहिचानबारे उजागर गरेका थिए । कार्यक्रममा विधालयका शिक्षकहरु , प्रतीष्ठानका सदस्यहरु ,विधार्थीहरु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन माधुरी महतो र सहजीकरण श्याम सरार्फले गरेका थिए ा