वीरगंज कृषि औजार कारखानाबाट उत्पादन भइरहेका कृषि उपकरण र औजारहरु प्रदेश सरकारले खरिद गरेर अनुदानमा किसानलाई उपलब्ध गराउने मधेश प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री जर्नादन सिंह क्षेत्रीले दाबी गर्नु भयो । मन्त्री क्षेत्रीले कृषी औजार कारखानाको स्थलगत अवलोकन गरेपछि ईन्जियिर रितेश देवसहितका टोलीलाई उत्पादन भइरहेका कृषि यन्त्र र उपकरणहरुले पहिले किसानका बिचमा गएर डेमोन्स्ट्रेसन गरि किसानबाट राम्रो प्रतिकृया आयो भने खरिद गरेर किसानलाई अनुदान र सहुलियतमा वितरण गर्न मन्त्रालय तयार रहेको बताउंदै कृषि औजार कारखाना पुन सञ्चालनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरेको ५० लाख रुपैयाँ कृषि मन्त्रालयले छिट्टै कार्यविधी बनाएर केन्द्रलाई उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनु भयो । कृषी औजार कारखाना पुन सञ्चालन ल्याउनका लागी मधेश प्रदेश सरकार तत्पर रहेको मन्त्री जर्नादन सिंहले भन्नु भयो, झण्डै दुई दशकदेखि बन्द कृषि औजार कारखाना पुन सञ्चालनको जिम्मा लिएर राष्ट्रिय आविष्कार केन्द्रले मर्मतसम्भार गरी अहिले परिक्षणका रुपमा डेढ दर्जन भन्दा बढी प्रकारका कृषि उपकरण र औजारहरु उत्पादन गरिरहेको छ । मन्त्री क्षेत्रीले कारखानाको अवलोकन पश्चात कारखानामा अहिले परिक्षणका रुपमा उत्पादन भइरहेका कृषि उपकरण र औजारहरु किसानका बिचमा लगेर प्रदर्शन गर्न केन्द्रका प्राविधिकहरुलाई सुझाव दिएका हुन ।कृषि औजार कारखानामा अहिले केन्द्रमा खटिरहेका ३० जना प्राविधिकहरुको टोलीले परिक्षण र अनुसन्धानका क्रममा धान रोप्ने र काट्ने मेसीन, आलु रोप्ने र गोड्ने मेसिन, घाँस काटेर मसिनो पार्ने कटर, गोबर पेलेर सुकाउने मेसिन, केराको थामबाट फाइबर निकाल्ने मेसिन, पुश दाना बनाउने मेसिन, कोदो रोप्ने र काट्ने मेसिन, कल्टिभेटर, कुटो, कोदालो, बञ्चरो, हँसिया, बेल्चा, थ्रेसर गरी झण्डै डेढ दर्जन प्रकारका उपकरण र औजारहरु उत्पादन भइरहेको छ भने संघीय सरकारले ११ असोज २०७९ मा े कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । सो अवसरमा वीगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्याय, लगायतको सहभागिता रहेको थियो ।