बीरगंजमा लगातार तीन देखी चिसो बढ्दा जनजीवन नराम्रो सँग प्रभावित भएको थियो । चिसो हावा, शितलहरीले गर्दा कष्टकर भएको हो । तीन देखी चिसो बढेपछि स्थानिय स्वाथ्यकर्मीहरुले चिसोबाट बच्नका लागी बृद्ध बृद्धा तथा सानावालिकाहरुलाई तातो पानी , खाना , झोल, बाक्लो लुगा लगाउन सल्लाह दिइएको थियो । चिसो हावाले मानव स्वास्थ्य गम्भिर असर गर्ने भएको हुनाले जरुरी काम बाहेक घरबाट हिलडल नगर्ने चिकित्सकले सल्लाह दिएका हुन् । बिहीवार दिउँसो १२ बजेर ४५ मिनेटमा घाम लाग्दा बीरगंजवासीहरु राहत महसुस गरेका छन् । एक्कासी चिसो बढेपछि तीन दिन पछि मधरो घाम लागेको बीरगंजका गहवाका राजकिशोर साहले भने, यतीको घामले गर्दा पनि धेरै राहत भएको बताउन भयो ।