बीरगंजमा तीन देखी लगातार शीतलहरी सँगै जाडो बढेपछि भुस्याहा कुकुरहरुलाई जाडोबाट बच्नका लागी घरको ब्यवस्था मिलाइएको बीरगंज महानगरपालिकाका वडा नम्बर १० अध्यक्ष सुशील साह कानुले बताउनु भयो । बिगत केही दिन देखी तराईको बिभिन्न जिल्लाहरुमा बाक्लो हुसु चिसो हावा चल्न थाल्ेपछि जनजीवन नराम्रो संग प्रभावित भएको थियो । जाडोयामबाट बच्नका लागी बीरगंज महानगरपालिका वडा नम्बर १० को बिभिन्न स्थानहरुमा ६ थान ड्रर्म काटेर कुकुरहरुको लागी बास बस्नका लागी घरको ब्यवस्था मिलाइएको हो । महिला समाजसेवी कञ्चन बाहेतीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा रश्कि अग्रवाल, गुन्जन अग्रवाल, प्रकाश बहेती, राजु रुगंटा, बबि पोदवार तथा वडा नम्बरका सचिव प्रवन प्रधान लगायतको उपस्थिती रहेको थियो । पुरानो बसपार्क एरियामा २ थान, गिता मन्दिर अगाडी २ थान र जैन भवन अगाडी २ थान ड्रर्मको घर निर्माण गरी कुकुरहरुलाई बस्नका लागी ब्यवस्थापन गरिएको हो ।