बीरगंजमा क्रिकेट बिकास तथा प्रवद्र्धनका बिषयमा महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह नेपाल किक्रेटका पुर्व कप्तान पारस खड्का सँग बिशेष छलफल गर्नुभएको छ । छलफलमा मेयर सिंहले क्रिकेट खेलकुदको पुर्वाधार निर्माण तथा खेलकुद गतिविधीहरुको प्रर्वद्धनमा महानगर तत्पर रहेको बताउनु भयो । पुर्व कप्तान खड्काले बीरगंजलाई क्रिकेट खेलको हब बनाउन आवशयक बनाउनु पर्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह, वीरगञ्ज ( ६ का वडाध्यक्ष प्रदीप चौरसिया, जसपा वीरगञ्जका अध्यक्ष ईश्वर चन्द्र यादव लगायतको उपस्थिती रहेको थियो भने मेयर सिंहले
बीरगंज महानगरपालिकाको सभाकक्षमा पुर्व कप्तान खड्कालाई खादा ओढाएर मायाको चिनो प्रदान गर्दे सम्मान समेत गर्नु भएको हो ।