मधेश बिश्व बिधालयका उपकुलपति डाक्टर दिपक शाक्य तथा रजिष्टार बिजय यादव बिवादमा मुछिएका छन् । मधेश बिश्व बिधालयका रजिष्टार बिजय यादव एक युवती काण्डमा मुछिएको उजागर भएपछि उतm घटना मधेश प्रदेश लगायत देशभरी नै चर्चा पाएको छ । मधेश बिश्व बिधालयमा कार्यरत रहेकी उच्च राजनितिक घराना साग सम्बन्ध राखेकी ती युवती र यादवको अंकमाल गरेको फोटो सार्वजनिक भएपछि यादव बिवादमा तािनएका हुन् । रजिष्टार यादवको प्रेममा परेकी ती युवतीले यादवको श्रीमतीलाई सामाजिक सञ्जालमा च्याट गरेर धम्की दिएको प्रमाणसमेत बाहिरिएको छ विश्वविद्यालयका उपकुलपति प्रा। डा। दीपक शाक्यको निजी कलेज वीरगंज पब्लिक कलेजमा कार्यरत यादवलाई शाक्यकै सिफारिसमा रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।
वीरगञ्ज पब्लिक कलेजका संस्थापक प्राध्यापक डा। शाक्य नेपाल बाल संगठन पर्साको सदस्य हुँदा आफ्नै छोरा संकल्प शाक्यको नाममा वीरगञ्जको मुटु मानिने आदर्शनगरको १२ कठ्ठा जग्गा २७ वर्षको लागि लिजमा कौडीको भाउंमा लिएपनि हालसम्म कबोल गरेको रकम दाखिला नगरेको रहस्यसमेत अहिले आएर खुलेको छ । सो जग्गामा डा। शाक्यका छोरा संकल्प शाक्यले आदर्श विद्यालय चलाउँदै आएका छन् ।
२०६८ असार २१ गते भएको सम्झौता अनुरुप दुई वर्षको लागि १६ हजार एकसय र त्यसपछि २१ ह्जार एकसयको दरले मासिक बाल संगठनलाई दिने र प्रत्येक तीन वर्षपछि मासिक भाडामा १० प्रतिशत रकम वृद्धि हुने सर्त अनुरुप डा। शाक्यले जिम्मेवारी पूरा नगरेको पाइएपछि उनी विवादमा तानिएका हुन् । मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको सरकारले शाक्यलाई भिसी र यादवलाई रजिष्ट्रार नियुक्त गरेको थियो । दिपक शाक्य र यादव बिवादमा मुछिएको उजागर भएपछि बीरगंजका वासिन्दाहरुले भन्छन् शिक्षा क्षेत्रलाई ध्वस्त पार्नका लागी गुरु शाक्य र चेला यादव लागी परेको बताउंछन् ।