जाडो बढेपछि बीरगंज महानगरपालिकाले जाडोबाट जोगिनका लागी नगर क्षेत्रको बिभिन्न स्थानहरुमा दाउरा बितरण गर्दे आगो समेत बालेको छ । चिसो हावा , शितलहरी , बाक्लो हुसुको कारण बृद्ध , बृद्धा साना वालवालिका नरामा्रे साग प्रभावित भएका छन् । अन्य जिल्लाहरुबाट बिशेष कामले आएका सेवाग्रही तथा बटृवाहरुलाई जाडोमा केही राहत होस उदेश्यका साथ बीरगंज महानगरपालिकाले नारायणी असपताल, बसपार्क , घण्टाघर, रानीघाट , प्रतिमा चोक लगायत २५ स्थानहरुमा दाउरा बालेर आगो बालेको बीरगंज महानगरपालिका सरसफाई अधिकृत सरफुद्दिनले जानकारी दिनुभयो ।