मालपोत कार्यलय पर्साका कर्मचारीहरुको लापरवाहीको कारणले गर्दा पर्सा जिल्लाको बिकास निर्माण कार्यमा अवरोध भएको एक स्थानिय तहकम कर्मचारीले आरोप लगाएका छन् । समयमा भूमिसुधार तथा मालपोत कार्यालय पर्साले रजिष्ट्रेशनबाट प्राप्त रकम बाँडफाँड नगरी रोकेर राख्दा वीरगंज महानगरपालिका सहित पर्साका १४ वटा पालिकाको विकास निर्माण कार्यमा प्रभाबित भएको ति कर्मचारीले भन्नु भयो, बिकास कार्यको ठेक्का लिएका ठेक्दारहरुलाई समयमा स्थानिय तहले भुक्तmानी नदिंदा बिकास निर्माण कार्यहरु अधुरो रहेको कर्मचारीको भनाई रहेको छ । भुमिसुधार तथा मालपोत कार्यलय पर्साले रजिष्टे्रशनबाट प्राप्त रकम बाँडफाँडमा ढिलो गर्दा स्थानिय तहमा निकै समस्या आउने गरेको बताउनु भयो ।
मालपोत कार्यालयमा लिखत पास, राजीनामा, अंशवण्डा, हालसाबिक, मोही जग्गा बाँडफाँड, धितो रोक्का फुकुवालगायतका काम हुँदै आएको र सो मध्ये जग्गाको किनवेचमा हुने रजिष्ट्रेशन पासबाट प्राप्त रकम भूमिसुधार तथा मालपोत कार्यालयले सम्बन्धित स्थानिय तहलाई महिनै पिच्छे बुझाउनु पर्नेमा मालपोतका कर्मचारीको बदमासीको कारण स्थानिय तहले समयमा रकम प्राप्त गर्न नसक्दा समस्या भोग्दै आएका छन् । जनताले तिरेको राजश्व रोकेर स्थानिय तहको विकास निर्माण प्रभाबित पार्ने छुट कसैलाई नभएको भन्दै स्थानिय तहको रकममा आँखा लगाउने मालपोतका कर्मचारीलाई कडा कार्वाही हुनुपर्ने माग पालिका प्रमुखहरुले गरेका छन् । यस सम्बन्धमा पर्साका मालपोतका प्रमुख डमरु निरौला सँग बुझन खोज्दा म अहिले बाहिर आएको छु पछि फोन गर्नुस भन्दै प्रतिक्रिया दिनुभयो । यसै दैनिकका सम्वदाताले मालपोतका प्रसासन प्रमुख राम रोशन चौरसीया सँग बुझन खोज्दा भूमिसुधार तथा मालपोत कार्यालय पर्साले रजिष्ट्रेशनबाट प्राप्त बाँडफाँड रकम बीरगंज महानगरपालिका सहित १४ वटा स्थानिय तहमा नगएको स्वीकार गर्दै अब केही दिनमा बिगत दुई ÷तिन महिनाको रजिष्ट्रेशनबाट प्राप्त रकम बाँडफाँड गरी पठाउने कार्य भईरहेको दाबी गर्दै अव एक दुई दिन भित्रमा स्थानिय तहले पाउने रकम उपलक्ध गराईने दाबी गर्नुभयो ।