भन्सार छली गरी ल्याएको भारतीय चामल वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीषक निरोज चौलागाईले बरामद गरेका छन् । अबैध तरिकाले चोरी पैठारी गरी ल्याएको चामल बीरगंज महानगरपालिका मिना बजार स्थित रहेको आलु गोदाममा भण्डारण गरीरहेको प्रहरी निरीक्षक चौलागाईले सुचना पाएपछि भारतीय कम्पनीका बिभिन्न बा्रण्डका ७५ बोरा चामल बरामद गरेको प्रहरी निरीषक निरोज चौलागाईले बताउनु भयो । यसैगरी बीरगंज नगर क्षेत्रबाट भन्सार छली गर्दै तस्करी गरी ल्याएको कपडा, स्पेयर पार्टस, डा्रइफुडस, जुता गरी ३५ लाख बराबरको सामाग्रीहरु नियन्त्रणमा लिइएको हो । प्रहरीले बरामद गरेको तस्करी सामान थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीषक निरोज चौलगाईले जानकारी दिनुभयो ।