अत्याधिक चिसो बढेपछि बीरगंज महानगरपािलकाले तीन दिन सम्म नगरक्षेत्रमा रहेका सम्पुर्ण बिधालयहरु बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले एउटा सुचना जार िगर्दे बाक्लो हुस्सु शितलहरी तथा चिसो हावाका कारण बिधार्थीहरुको स्वास्थ्यमा असर पर्ने भन्दै पुष २४ गते २६ गते सम्म बिधालयहरु बन्द गर्ने निर्देशन दिइएको शिक्ष अधिकृत हरि राउतले जारी गर्नु भएको सुचनामा उल्लेख गरिएको छ भने तीन दिन सम्म बिधालयको पठन पाठन बन्द रहेपनि प्रशासनिक कार्य भने नियमित रुपमा सञ्चालन गर्न निर्णय गरिएको छ । बिगत केही दिन देखी तराई बिभिन्न जिल्लाहरुको अत्याधिक चिसो बढेपछि जनजीवन नरामा्रे सँग प्रभावित भएको हो । यसैगरी जाडो बढेपछि जीतपुर सिमरा उपमहानगरपालिकाले दुई दिन सम्म बिधालय बन्द गर्न निर्देशन दिइएको छ ।