लागु औषध गाँजा सहित पर्सा प्रहरीले चारजनालाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुर बस्ने ४० वर्षीय पारस यादव सोही स्थान बस्ने ५२ वर्षीय मैनादिन मियाँ, ३६ वर्षीय अकबर मियाँ र ४५ वर्षीय शिव महतो रहेका छन् । उनीहरुको साथबाट ५० केजी गाँजा बरामद भएको प्रहरी नायब उपरिक्षक लम्सालले भन्नु भयो , अबैध लागु औषधको ओसार पोसार भईरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २० हरपतगञ्ज चोक नजिकै टाउकोमा गाँजा राखेर हिडीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारजनालाई लागु औषध गाँजा मुद्दामा अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक लम्सालले भन्नु भयो ।