बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले सार्वजनिक जग्गाको निरीक्षण गर्नुभएको छ । सार्वजनिक जग्गा केही ब्यतिmहरुले हड्प्ने प्रयास गरीरहेको मेयर सिंहलाई जानकारी गराएपछि बीरगंज महानगरपालिका वडा नम्बर २८ स्थित रहेको ददरवनको जमिन अवलोकन तथा निरीक्षण गर्नुभएको हो । निरीक्षणको क्रममा नगर प्रमुख सिंहले सार्वजनिक जग्गा कसैले हड्प्ने नपाउने भन्दै यस्ता जमिन कसैले हड्प्ने खोज्ने प्रयास गरेका छन् भने हामीलाई जानकारी गराउनुस भन्दै स्थानिय वासिन्दाहरु सँग भन्नु भयो, मेयर सिंहले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान नै चलाएका छन् । बीरगंज महानगरपालिकाको राजेश मान सिंह मेयर भएदेखी सार्वजनिक जग्गा तथा अतिक्रमण गरेर बसेका टहरा हटाउनका लागी अहोरात्र खटेका छन् ।