बीरगंज स्थित रहेको गोल्डन पयुचर सेकन्डरी स्कुलमा आर्थिक साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब बीरगंज सेंट्रल सिटी तथा लायन्स क्लब प्रभु अस्पतालको संयुतm आयोजनामा सम्पन्न भएको कार्यक्रममा गोल्डन पयुचर सेकन्डरी बिधालयमा अध्ययनरत रहेका कक्षा ९ र १० का ८० जना बिधार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी भएका वतmाहरुले आर्थिक साक्षरताको महत्त्वबारे आफ्नो विचार राख्दै यस किसिमका कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्ने बताएका छन् । क्लबकी अध्यक्ष डाक्टर लक्ष्मी थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षक कबिता खड्का, लायनका श्याम गुप्ता , प्रभु बैंकका अध्यक्ष दिगम्बर गुप्ता, निरञ्जन साह, डाक्टर उमेश चौरसिया , प्रभु बैंकका मधेश प्रदेशका प्रमुख भुषण गुप्ता , चन्दन गुप्ता लगायतको उपस्थिती रहेको थियो ।