४ महिला सहित ५२ ज्नाले रक्तदान गरेका छन् । जनजागरण युवा क्लब बरियारपुर बाराको २७ औं वार्षिकउत्सवको अवसरमा खुल्ला रक्तmदान कार्यक्रमको आयोजना सम्पन्न भएको हो । गढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको प्रमुख अतिथीमा रक्तदान कार्यक्रममा जनजागरण युवा क्लब बरियारपुर बाराका कार्यकारी निर्देशक डा।श्री निवास बैठा,उपाध्यक्ष राज देव साह लगायतको उपस्थिती रहेको थियो । रक्तदान दिनेहरुमा रिना कुमारी,गङा थापा,मिना गुप्ता,अवधेश प्रसाद यादव,बाबुराम प्रसाद यादव,नवराज घिमिरे,नरेश प्रसाद साह,मुन्द्रिका चौरसिया,सुरेश यादव,पवन सहनी लगायतकाहरुले रक्तदान गरेका छन् ।