बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह लगायतका टोलीले बीरगंज पिपरा स्थित रहेको जनस्वास्थ्य प्रयोगशालामा छड्के अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा मेयर राजेश मान सिंहले प्रयोगशालामा भएका सामाग्रीको बारेमा जानकारी लिनु भएको थियो भने निरीक्षण टोलीले प्रयोगशालासँगै रहेको पुरानो अदालत भवनको सरसफाइ र संरक्षणमा विशेष ध्यान दिने त्यहाँका भएका कर्मचारीहरुलाई निर्देशन समेत दिइएको छ । अनुगमनको क्रममा डिजिटल एक्सरे राख्ने योजना प्रस्तुत गरिएको छ। यस अवसरमा बीरगञ्ज महानगरपालिका वडा नं ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। नगर प्रमुख बिहानै जनस्वास्थ्य कार्यालयमा अनुगमन तथा निरीक्षण गर्दा कर्मचारीहरुमा खैलाबैला मच्चिएको थियो । ा