अबैध लागु औषध गाँजा सहित तिन भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको बाराका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले भन्नु भयो, लागु औषध गाँजाको कारोवार भईरहेको हामीलाई सुचना पाएका थियौ , सोही सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेश राज भटको कमाण्डमा खटिएको प्रहरी टोलीले दश किलो अबैध गाँजा सहित तिन भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश कोशी नागर थाना थाना पटेर्वा ग्राम पञ्चायात जबरा बजार श्री दुबेआम बस्ने ३८ वर्षीय धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन ग्राम पञ्चायत सेमरा बस्ने ४८ वर्षीय चन्द्रभान कुशवाहा र लखनउ नगरपालिका भाता सरोजीनगर ऐण्ड डे ए कालोनी टा्रन्सपोर्ट नगर बस्ने ३२ वर्षीय चन्द्रभान श्रीवास्ताव रहेका छन् । भारतीय नम्बरको युपी ३२ बिएक्स ४७२६ नम्बरको बोलोरो कारमा सवार भई प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रष्टोकाबाट बेलहिया आउँदै गर्दा उतm कार नियन्त्रणमा लिई खानतलाशी गर्दा बोलेरोको सिट मुनी सेतो प्लाष्टिकमा प्याक गरिएको १० किलो गाँजा बरामद गरिएको प्रहरी नायब उपरिक्षक सापकोटाले बताउनु भयो । पक्राउ परेका तीनैजनालाई बारा जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।