नेपाल आयल निगमले ५५ औं वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रमलाई कपडा धुने मेसिन एक थान तथा कम्बल ३० थान सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानव सेवा नै सबै भन्दा ठुलो धर्म हो , बिगत केही दिन देखी बाक्लो हुस्सु , चिसो हावाका कारण जनजीवन नराम्रो सँग प्रभावित भएको बेला बीरगंजका बिभिन्न संघ संस्थाहरुले सडक पेटीमा बसेका गरीब , असहाय तथा मानव सेवा आश्रममा बास बसेका ब्यतिmहरुलाई जाडोबाट बच्नका लागी न्यानो कपडा बितरण गर्दे आएकोमा धन्यवाद दिर्दे आउने दिनहरुमा पनि यस्तै कार्य हुनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा नेपाल आयल निगम बिरगंज शाखाका प्रमुख रमेश ज्ञवाली,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी निरीक्षक दिपेन्द्र मल्ल,बिरगंजका उधोग बाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष हरि गौतम मानवसेवा आश्रमका प्रकाश थारु,उधोग बाणिज्यसंघ बिरगंजका पुर्व अध्यक्ष एवम् वरिष्ठ उधोगपति गणेश लाठ लगाएतकाहरुको उपस्थिति रहेको थियो।