बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याएको एक गोदाममा छापामारी गरेको छ ा सीमा सुरक्षा गुल्म भन्सारका सशस्त्र प्रहरी नायब उपरिक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका हनुमान मन्दिर मेनरोड नजिकै एक गोदाममा करिब पाँच लाख भन्दा बढीको भारतीय कपडा बरामद गरिएको प्रहरी नायब उपरिक्षक सुब्बाले जानकारी दिनुभयो । अबैध तरिकाले भन्सार छली तस्करहरुले कपडा भण्डारण गरिरहेको सुचना पाएपछि छापामारी गरेको बताउनु भयो । बरामद भएको कपडाहरु थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको छ ।