यही पुष २७ गते बीरगंजको गहवामाई मन्दिरमा दुई हजार एक सय वटा दियो बालेर दीप प्रज्वलन गरिने मन्दिर सञ्चालन समितीका अध्यक्ष नरेन्द्र साहले बताउनु भयो । भगवान श्रीरामको प्राण प्रतिष्ठा तथा राम मन्दिरको वार्षिक उत्सव अवसरमा आगामी शनिवार गहवामाई मन्दिरको प्राड्गणमा साँझ ५ बजेर ३० मिनेटमा दुई हजार एक सय वटा दियो बालिने बताउनु भएको छ । गत वर्ष राम जन्मभुमि भारतको अयोध्यामा पुष २७ गते दिन भारत सरकारले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको हिन्दु परम्परा अनुसार पुजा आर्चना गरी प्राण प्रतिष्ठा गरिएको थियो । अयोध्या बिश्वकै धार्मिक पर्यटक स्थल भएको छ ।