सशस्त्र प्रहरीले बीरगंजबाट लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमराउ उपहानगरपालिका वडा नम्बर १५ डुमरवाना बस्ने अनिल राई रहेका छन् । उनको साथबाट सशस्त्र प्रहरीले कोर्डिन फोस्फेट र टिप्रोलोडिड हाइडो््रक्लोरोडिन सिरप १०० एम एल लागु औषध बरामद भएको सशस्त्र प्रहरी गुल्म बीरगंव भन्सारका प्रहरी नायब उपरिक्षक लोकेन्द्र सुब्बाले बताउनु भयो । भन्सारमा खटिएका सशस्त्र प्रहरीले नियमित चेकजाँच गर्नै क्रममा भारतको रक्सौलबाट साईकलमा सवार भई बीरगंज तर्फ आउने क्रममा शंकाको आधारमा खानतलाशी गर्दा नेपालमा प्रतिबन्धित रहेको लागु औषध सहित राई पक्राउ परेका हुन् । यसैगरी सशस्त्र प्रहरीको भन्सार गस्ती तथा सुरक्षाका लागि खटिएको गुल्मको टोलीले चेकजाँच गर्ने क्रममा बीरगंज महानगरपालिका को वडा नम्बर १६ रजत जयन्ती चौकबाट इन्जिन ओएल सहित स्कुटर नियन्त्रणमा लिईएको छ भने बिरगंज महानगरपालिका वडा नम्बर १६ भिस्वा चौकबाट ईन्डियन नम्बर बी।आर।२२ एम ७९८७ ग्लाइमर मोटरसाइकमा लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारतीय गुटखा बरामद गरेको छ । सशस्त्र प्रहरीले गुटखा सहित मोटरसाइकल नियन्त्रणमा लिई थप कारावहीको लागी बीरगंज भन्सार पठाईने सशस्त्र प्रहरी नायब उपरिक्षक लोकेन्द्र सुब्बाले भन्नु भयो ।