अमेरिकी राज्य क्यालिफोर्नियामा लस एन्जलस वरपरको आगलागीका कारण करिब १० हजार घर जलेका छन् । चार दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ । जसमध्ये २९ हजार एकड जमिन पूर्णरुपमा जलेको छ । आगलागीका कारण करिब १० हजार भवन ध्वस्त भएका छन् । यसबाहेक करिब ३० हजार घरमा क्षति पुगेको छ ।
शुक्रबार आगलागीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । लस एन्जलस र आसपासका क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आगलागी हो।
लस एन्जलस काउन्टी शेरिफ ९जिल्ला सीईओको बराबर रोबर्ट लुना जब आगलागी भयो ा