पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ स्थित बंकेल खोलाको बगरमा एक नवजात शिशु फेला परेको छ । स्थानिय वासिन्दाहरुले खोलाको बगरमा नवजात शिशुको रुएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन बितीकै ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी घटनास्थलमा पुगेर हेर्दा खोलाको बगरमा शिशु जीवित अवस्थामा भेटिएको हो । वेवारिसे अवस्थामा फेला परेको शिशु छोरी रहेको स्थानिय वासिन्दाहरुले बताए ।
प्रहरी चौकी रङपुर टाडीका प्रहरी सहायक निरीक्षक रामबाबु यादवको अनुसार , शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप स्वास्थ्य सुरक्षाका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ