वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगंज निर्माणगर्ने लक्ष्यका साथ महानगरको टिम अगाडी बढेको बताउनुभएको छ ।
वीरगंज महानगरपालिका नगरसभाको १६ औं अबिधेशनको आज एक समारोहका बिच उद्घाटन गर्नुहुदै नगरप्रमुख सिंहले नगरबासीको चाहनालाई सम्बोधन गर्न नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताउनुभयो ।
उहाँले चालु आर्थिक बर्षकालागि नगरसभाले स्विकृत गरेको निति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेटको कार्यान्यवनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्विकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवस्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताउनुभयो ।
उहाँले बजेट कार्यान्वयनकालागि आर्थिक ऐन २०८१ मा शंसोधन गर्न बनेको आर्थिक विधेयक विनियोजन ऐन २०८१ मा समावेश भएका आर्थिक बर्ष ०८१÷०८२ को बार्षीक बजेट तथा कार्यक्रम रकमान्तरण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विनियोजन विधेयक २०८१, विज्ञापन कर सम्बन्धि विधेयक २०८१, वीरगंज महानगरपालिकाको संगठन , संरचना तथा दरबन्दि परिमार्जन सम्बन्धि प्रस्ताब र सहकारी एैन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ नगरसभा समक्ष पेश गर्नुभएको थियो ।
नगरसभाको १६ औ अधिवेशनले नगरप्रमुखले पेश गर्नुभएको विधेयक तथा प्रस्ताबहरु सर्वसम्मतले पारीत गरेको थियो ।
सर्वसम्मत निर्णय भएसँगै सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरागर्दै नगर प्रमुख सिंहले बैभव वीरगंज बनाउने अभियानमा वीरगंजका जनप्रतिनिधीहरु एकजुट भएको र आगामि दिनमा अझ जनताका समस्या समाधान गर्न आफूलाई थप उर्जा प्राप्त भएको बताउनुभयो ।
नगरसभाको १६ औं अधिवेशनमा उप प्रमु्ख ईम्तियाज आलम, प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्ण, वीरगंज महानगरपालिकाका ३२ वडा का वडाअध्यक्षहरु, वडा सदस्यहरु, महानगरपालिकाका बोर्ड सदस्यहरु, महानगरका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । ंं