नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाको ४१ औं अधिवेशन सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नम्बर १० का अध्यक्ष सुशील साह कानुले मानव सेवामा समर्पित रहेको रेडक्रसले विपद्को समयमा विशेष सहयोग गर्दै आएकोमा धन्यवाद दिदै आउने दिनहरुमा पनि रेडक्रसमा आवद्ध भएका ब्यतिmहरुले बिपद्को समयमा उल्लेखनीय भुमिका खेल्ने बताएका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका सदस्य तथा निर्वाचन अधिकृत बिनोद गिरि,पुर्व वडा अध्यक्ष रामनगिना साह कानु, सहसचिव प्रभाकर गुप्ता , नेपाल रेडक्रस सोसाइटी बिरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता , सन्तोष कुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो । सभापतित्वमा सम्पन्न भएको हो। रेडक्रसको ४१ अधिवेशमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ । समितीमा प्रमान्द साह कानु ,महिला सदस्य सोभा देबी,सदस्यहरुमा राकेश कुमार साह,रमेश साह,सुदामा बर्णबाल,रबि श्रीवास्तव लगाएतकाहरु नयाँ कार्यसमितिमा निर्बिरोध चयन भएको छ।