राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०३ जन्मजयन्ती बीरगंजमा राष्ट्रवादीहरुले बिभिन्न कार्यक्रम गरी मनाएका छन् । पृथ्वी नारायण शाहको जन्मजयन्तीको शान्तिपुर्ण जुलुश समेत निकालिएको हो । जुलुशमा सहभागीका ब्यतिmहरुले राजा आउँ देश बचाउँ नारा समेत लगाएका हुन् । यसैगरी देशभक्त राजभक्त संस्थाका अध्यक्ष दिपेन्द्र रौनियाको अध्यक्षतामा बीरगंजको हनुमान मन्दिर नजिकै पृथ्वी नारायण शाहको ३०३ औं जन्मजयन्ती मनाईएको छ । बाइसे चौबिसे राज्यमा बिभाजित नेपाललाई एकीकरण गरेका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जीनवको बारेमा चर्चा गर्दै वतmाहरुmले पृथ्वीनारायण शाहको एकीकरण अभियान, कूटनीतिक सोच, तथा राष्ट्रिय एकता निर्माणमा उनले पु¥याएको योगदानको चर्चा गरेका छन् । कार्यक्रममा कार्यक्रममा देशभक्त राजभक्त संस्थाका उपाध्यक्ष सतीश कुमार श्रीवास्तव, समाजसेवी पशुपति विक्रम शाह, अब्दुल सतार अन्सारी, बिरेन्द्र थापा, महेन्द्र प्रसाद साह, शम्भु चौरसिया, पृथ्वी झा, रामनारायण प्रसाद साह, ध्रुव सिंह ठकुरी, अणु राणा लगायतको उपस्थिति रहेको थियो ।