पर्सा प्रहरी बेवारिसे अवस्थामा अबैध लागु औषध चरेस बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोली गस्ती गर्ने क्रममा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ देउरियाबाट ९ किलो ९ सय ग्राम चरेस फेला परेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । प्रहरी निरीक्षक थापाले बताए अनुसार हामी गस्ती गर्दा खेरी मोटरसाईकलमा आईरहेको अपरिचित ब्यतिmले हामीलाई देख्दा गहुँको खेतमा बोरा फालेर फरार भएपछि उतm बोरा खोलेर हेर्दा १८ वटा पोकामा ९ किलो ९ सय ग्राम चरेस बरामद भएको दाबी गर्नुभयो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक प्रकाश थापाले भन्नु भयो ।