पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ४ बारो पियाज तथा मोटरसाईल नियन्त्रणमा लिई थप कारवाहीको लागी नेपाल प्रहरीको जिम्मा लगाउनु भएको छ । आईतवार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालय लगायतका टोली एक कार्यक्रममा सहभागी हुनका लागी पर्साको बहुदरमाई गाउँपालिकामा जाने क्रममा महुवन नजिकै सडक मर्मत भईरहेको हुदां सिडीओ अर्याल आफनो सवारीबाट तल झरेर पैदल जाने क्रममा दुईवटा मोटरसाइकलमा लोड गरिएको ४ बोरा पियाज भारतबाट नेपाल आउने क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले प्रशासनलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो । तस्करी गरी ल्याएको आंशकामा उतm दुईवाट मोटरसाईकल सहित ४ बोरा पियाज नियन्त्रणमा लिईएको बुझनमा आएको छ । सिडीओ अर्यालको निर्देशनको पालना गर्दै पर्सा प्रहरीले पियाज सहित मोटरसाईकललाई थप कारवाहीको लागी बीरगंज भन्सारमा पठाइएको छ ।