सदभाव सेवा समितीले बीरगजमा नि शुल्क भोजनको आयोजना गरेको छ । आफनो ७ औं वर्षको अवसर पारेर बीरगंजको आर्दशनगर चौक स्थित रहेको सदभाव सेवा समितीले एक हजार भन्दा बढी गरीब तथा असहाय ब्यतिmहरुलाई नि शुल्क भोजन कार्यक्रमको आयोजना गरिएको समितीका संचालक रमेश जाटियाले बताउनु भयो । बिगत ७ वर्ष देखी सद्भाव सेवा समितीले बीरगंजको बिभिन्न स्थानहरुमा नि शुल्क भोजन कार्यक्रम गर्दै आईरहेको सञ्चालक जाटीयाले भने, आउने दिनहरुमा पनि उतm कार्यक्रम निरन्तर दिने हाम्रो लक्ष्य रहेको जानकारी दिनुभयो । ३३० सप्ताहको हरेक शनिवार सेवा समितीले नि शुल्क भोजन सञ्चालन गर्दै आईरहेको छ । गरीब तथा असहाय ब्यतिmहरुलाई एक छाक भोजन गराउनु नै सबै भन्दा ठुलो धर्म भएको सद्भाव समिती बीरगंजका सञ्चालक रमेश जाटीयाले बताउनु भयो ।