थारु समुदायका महान पर्व माघी सड्का्रन्ति पर्सामा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । माघे सड्का्रान्तिको अवसरमा माघी मुल समारोह समितीले बीरगंजमा प्रभात रयाली निकालेको छ । रयालीमा थारु समुदायले आफनो पहिचान झल्किने पहिरन लगाएर बीरगंज नगर परिक्रमा गरी आर्दशनगर स्थित रहेको स्विमिड पुलमा समापन भएको थियो । थारु समुदायको नयाँ वर्ष २६४९ तथा माघे संड्क्रान्तिको अवसर पारेर एक अपासमा शुभकामना अदान प्रादन समेत गरेका छन् । थारुको महान पर्व खिचडीमा बीरगंजको आर्दशनगर स्थित रहेको स्विमिड पुलमा बिभिन्न प्रकारको खानाहरु प्रर्दशनी तथा बिक्री बितरणमा राखिएको थियो । प्रर्दशनीमा केकरा, घोंगी, माछा, हाँसको मासु लगायत खानाको बिभिन्न परिकार तथा थारु समुदायका बिभिन्न सामग्रीहरु प्रर्दशनीमा राखएिको हो । प्रर्दशनीमा बिभिन्न बिधालयका छात्र तथा छात्राहरु नृत्य प्रर्दशन समेत गरेका छन् । माघ १ गते माघी महोत्सवको अवसरमा थारुहरुले आफनो नयाँ वर्ष बिभिन्न कार्यक्रम गरी मनाउंदै आईरहेका छन् । यसैगरी माघे संड्क्रान्तिको अवसरमा पर्साको पटेर्वा सुगौली गाउँपालिकाले जिप र हाती सफारी सहित माघी भाथा महोत्सवको आयोजना गरेको छ । खिचडीको अवसर पारेर पटेर्वा सुगौली गाउँपालिकाले स्थानिय धार्मिक तथा पर्यटकीय स्थल भाथा प्रचार प्रसार पर्यटन प्रवद्धन गर्नुको उदेश्यले उतm तीन दिन सम्म सञ्चालमा ल्याएको हो । महोत्सवको कार्यक्रमको उद्घाटन थारु समुदायका ज्येष्ठ नागरिक परमेश्वर गौरोले गर्नु भएको थियो ।