स्वर्गीय गोपाल गिरीको नाममा सडक नामाकरण गरिने भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले पत्रकारीता पेशामा दीवंगत गोपाल गिरीको योगदान अमुल्य रहेको बताउँदै नेपाल पत्रकार महासंघ पर्साको कार्यालय आउने सडक मार्गलाई गोपाल गिरी नामकरणका लागी हामी सबैले पहल गर्नु पर्ने केन्द्रिय सचिव तिवारीले नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा आयोजित स्व गोपाली गिरी क्रियाशील पत्रकारिता पुरसकार बितरण कार्यक्रममा भन्नु भयो , वर्षमा एक पटक स्वर्गीय गोपाल गिरीलाई हामीले सम्झिने काम गर्छौ , स्वर्गीय गिरीले पत्रकार महासंघलाई गरेको योगदानको चर्चा गर्दे केन्द्रिय सचिव तिवारीले गोपाल गिरी नामाकरणका लागी अहिले देखी नै हामी सबैले पहल गरौ भन्नु भयो । मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पनि नामाकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले गोपाल गिरी पत्रकार महासंघ पर्साको नेतृत्वमा हुँदा नै वीरगञ्जमा पत्रकारहरुको राष्ट्रिय सम्मेलन गरिएको जानकारी गराए । यसैगरी कान्तिपुर टेलीभिजनका वरिष्ठ सम्वदाता पंकज श्रेष्ठलाई स्वर्गीय गोपाल गिरी क्रियाशिल पत्रकारीताबाट पुरस्कृत गरिएको छ ।