बजेटको अभाव हुदां बिकासको काममा अवरोध भएको बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले भन्नु भयो, सिमित सा्रेत साधनका बावजुद पनि महानगरपालिकाले नजपक्षीय काम गर्दै आएको मेयर सिंहको भनाई रहेको छ । बीरगंज महानगरपालिका वडा नम्बर १९ स्थित रहेको बरवामा सम्पन्न भईरहेको बिकास निर्माणको अनुगमगन गर्ने क्रममा स्थानिय वासिन्दाहरु सँग छलफल गर्दै नगर प्रमुख सिंहले संघीय र प्रदेश सरकारले बीरगंज महानगरपािलकालाई उपेक्षा गरेको कारण बजेट अभाव हुदां बिकासका कामहरु रोकिएको बताउनु भयो । संघीय तथा मधेश प्रदेश सरकारले बजेटमा कटौती गर्दै बीरगंज महानगरपालिकालाई काखा पाखा गरेको आरोप लगाउंदै मेयर सिंहले भने, बजेटको अभाव भएपनि महानगरपालिकाले जनपक्षिय काम गर्दै आईरहेको जानकारी दिनुभयो । आफु जनताको साथ र समर्थनमा कामगर्ने नगर प्रमुख रहेको जनाउंदै सिमित स्रोत साधनको अधिकतम परिचालन गर्ने रणनिति महानगरपालिकाले लिएको बताउनुभयो । वहाँले आफ्नो गाउँ टोलको समस्या, बिकास निर्माणलाई प्रभावकारी रुपमा अगाडी बढाउन स्थानिय बासिन्दाको भूमिका महत्वपुर्ण हुने हुदा गाउँ टोलका समस्या निर्धक्कका साथ राख्न स्थानियलाई आग्रह गर्नुभयो ।
छलफलको क्रममा नगरप्रमुख सिंहले महानगरले एकैसाथ स्वास्थ्य, शिक्षा, विकास निर्माण, खानेपानी, कृषि, पर्यटन, सौन्दर्यकरण लगायतका बिभिन्न क्षेत्रमा काम गर्दै आएको र सुरु गरिएका काम सम्पन्न भएमा बैभव वीरगंजको सपना पुरा हुने दाबी गर्नुभयो । वडा नम्बर १९ बरवामा बिकास निर्माणको अनुगमन तथा छलफल कार्यक्रममा स्थानियहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।