वडा प्रहरी कार्यालय बिर्ताले अबैध लागु औषध चरेस बरामद गरेको छ । बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईको कमाण्डमा खटिएका प्रहरी टोलीले बीरगंज गणेश टोलको एरियाबाट १९ किलो ५०० ग्राम चरेस बरामद गरिएको हो । अबैध लागु औषध ओसार पोसार भईरहेको हामीलाई सुचना पाएको प्रहरी निरीक्षक चौलागाईले भने, गणेश टोल नजिकै सादा पोशाकमा प्रहरी तैनाथ गरिएको थियो , नम्बर प्लेट नखुलेको मोटरसाईकलमा लोड गरेर जाँदै गर्दा चालकले प्रहरीलाई हेर्ने बितीकै चरेस बोकेको बोरा फालेर मोटरसाईकल सहित फरार भएको प्रहरी निरीक्षक निरोज चौलागाईले दाबी गर्नुभयो । फालेको १३ वटा बोरा नियन्त्रणमा लिई चेकजाँच गर्दा चरेस फेला परेको जानकारी दिनुभयो । चरेसको कारोवार गर्ने ब्यतिmको पहिचान भइसकेको खोजतलाश जारी रहेको प्रहरी निरीक्षक चौलागाईले बताउनु भएको छ ।