सशस्त्र प्रहरीले बीरगंजबाट ठुलो परिमाणमा भन्सार छली गरी ल्याएको चिनी, केराउ, बदाम , कपडा लगायत सामग्रीहरु नियन्त्रणमा लिइएको छ । बीरगंज भन्सारमा खटिएका सशस्त्र प्रहरी बल गुल्मका प्रहरी नायब उपरिक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएका प्रहरी टोलीले बिशेष सुचनाको आधारमा आर्दशनगर स्थित रहेको जय बजरगंबली टा्रन्सपोर्टमा छापमारी गर्दा भन्सार छली गरी ल्याएको तस्करी सामन बरामद गरेको हो । भरिया तस्करहरुले चोरी पैठारी गरी केराउ , बदाम, चिनी, कपडा लगायतका सामनहरु भण्डारण गरिरहेको सुचना पाएपछि छापामारी गरेको प्रहरी नायब उपरिक्षक सुब्बाले बताउनु भयो । धेरै मात्रामा रहेको हुनाले अहिले नै यती बोरा भन्न नमिल्ने बताउंदै पछि यसको सम्पुर्ण बिवरण दिउँला प्रहरी नायब उपरिक्षक लोेकेन्द्र सुब्बाले बताउनु भयो । सशस्त्र प्रहरीले छापमारी गरेको बजरगंबली टा्रन्सपोर्टका सञ्चालक अजय साह नामुद तस्कर हुन् । उनले भारतको रक्सौलबाट भरिया तस्कर प्रयोग गरेर भन्सार छली गरी ल्याएको भारतीय कपडा, चिनी, केराउ, हार्डवेयर लगायतका सामग्रीहरु सहज तरिकाले मकवानपुर , चितवन , काठमांडौ लगायतका जिल्लाहरुमा पठाउने गर्दछन् । तस्करीबाट ल्याएको सामन गोदाममा भण्डारण गरेपछि नेपालबाट खरीद गरेको बिलबिजक देखाउन प्रचलन रहेको छ ,जुन प्रहरी प्रशासन तथा राजस्वको आँखामा धुलो छर्ने काम बीरगंजका केही टा्रन्सपोर्टका सञ्चालकहरुले गर्दै आईरहेको छन् ।