शितलहरी तथा जाडो बढेपछि बीरगंज महानगरपालिकाले माघ २ गते देखी ४ गते सम्म नगर एरियामा रहेका सामुदायिक र संस्थागत बिधलायहरु बन्द गर्नेका लागी निर्णय गरेको छ । केही दिन देखी बीरगंजमा चिसो हावा र शितलहरीले बिधार्थीहरुको स्वास्थ्यमा असर पार्न सक्ने भन्दै महानगरपािलकाको शैक्षिक प्रशासन महाशाखाले सुचना जारी गर्दै तीन दिनका लागी बिधालय बन्द रह्ने निर्णय गरिएको हो । बिगत केही दिन देखी तराईको बारा पर्सा , रौतहट लगायत बिभिन्न जिल्लाहरुमा चिसो हावा , शितलहरी तथा जाडो बढेपछि जनजीवन नराम्रो सँग प्रभावित भएको छ । जाडोले गर्दा साना वालवालिका र बृद्धहरुको जनजीवन कष्टकर भएको हो ।