मोटरसाईकल दुर्घटना हुदां एक जनाको ज्यान गएको छ भने अर्काे ब्यतिm सख्त घाईते भएको पर्सा प्रहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा पर्साको सखुवा प्रसौनी वडा नम्बर २ बस्ने जमुनियाका २३ वर्षीय सुर्दशन चौधरी रहेका छन् भने घाईते हुनेमा २४ वर्षीय दिपेन्द्र चौधरी रहेका छन् । मंगलवार राती पथरैयाबाट पंचगावातर्फ जाँदै गरेको ना २८ प ३८१९ नम्बरको एफजेड मोटरसाईकल सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित रहेको हयुम पाइप राख्नका लागी खनिएको खाल्डोमा दुर्घटना भएको थियो । मोटरसाईकल दुर्घटना भएपछि घाईते भएका चौधरीद्धयलाई प्रहरीको सहयोगमा उपचारको लागी बीरगंज स्थित रहेको एलएस न्युरोमा उपचार हुने क्रममा मोटरसाईकलको पछाडि सवार भएका सुर्दशन चौधरीको मृत्यु भएको छ भने घाईते दिपेन्द्र चौधरीको उपचार भईरहेको छ ।