बीरगंज पिपरा स्थित रहेको नर्सिड माध्यमिक बिधालयमा राष्ट्रिय बजरंग दलको नगर पदाधिकारी गठन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बजरंग दल मधेस प्रदेशका महामन्त्री श्याम गुप्ताको अध्यक्षतामा सम्पन्न भएको बैठकमा राष्ट्रिय बजरंग दलका केन्द्रिय अध्यक्ष राजु जैसवालको जिल्ला अध्यक्ष विवेक सिन्हा,वीरगन्ज महानगर अध्यक्ष नितेश पटेल,मधेस प्रदेश उपाध्याक्ष मुन्ना गुप्ता,बारा जिल्ला मंत्री सूर्य प्रताप पटेल लगाएतकाहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय बजंरग दलको बीरगंज महानगरको संयोजकमा राम गोसाई,उपाध्यक्षमा
हरि शाह,उपाध्यक्षमा रिकेश पटेल,सह मन्त्रमा ऋतिक कुमार,सदस्यमा श्याम चौरसिया, पर्सा जिल्ला उपाध्यक्षमा पप्पु कलवार,मन्त्रीमा राकेश राय
सह मन्त्रीमा विक्रम तिवारी लगाएतकाहरु चयन गरिएको राष्ट्रिय बजरंग दल मधेस प्रदेशका महामन्त्री श्याम रौनियारले दिएका छन् ।