जाडोबाट बचाउनका लागी खसी तथा बाख्राहरुको खोरमा आगा लागी हुदां एक दर्जन भन्दा बढी खसी बाख्रा्रहरु जलेर निधन भएको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ स्थित रहेको संकरसरैया निवासी लालबाबु दासले खसी र बाख्राहरुलाई जाडोबाट बचाउनका लागी घुर बालेका थिए । रातीको बखतमा घुरमा लगाएको आगो खोरमा लागेको हो । आगलागीबाट दासले पालेको पशुजन्तुहरु जलेर नष्ट भएको बताएका छन् । दासको अनुसार करिब २ लाख ५० हजार भन्दा बढीको झेती भएको बताउनु भयो ।