बारा महागढीमाई नगरपालिका बरियारपुरका ४ जना किशोरहरुलाई नगर प्रहरीले कुटपीट गर्दा गढीमाई मन्दिरको परिसरमा दुई दिन देखी तवावग्रस्त रहेको छ । नगर प्रहरीले किशोरहरलाई लाठी चार्ज गरेर कुटपीट गरेपछि स्थानिय वासिन्दा र नगर प्रहरीबीच केही बेर झपड भएको थियो । गढीमाई दर्शन आएका झतजनहरुले चढाएको परेवा बालवालिकाहरुले समात्न प्रयास गरेपछि महागढीमाई नगरपािलकाका नगर प्रमुख उपेन्द्र यादवले हप्पाएका थिए । चार पाँच जनाको संख्यामा रहेका किशोरहरुले नै मेयर यादव माथी दुब्र्यवहार गर्न प्रयास गरेपछि नगर प्रहरीले कुटपिट गरेको रहेको हो । नगर प्रहरीले बालकहरुलाई कुटपटि गरेको स्थानिय वासिन्दाहरुलाई अवगत भएपछि बिहीवार र शुक्रवार स्थिती तनावग्रस्त भएको थियो । बालक माथी कुटपिट गर्न नगर प्रहरी तथा नगर प्रमुख यादव बिरोधमा स्थानियहरुले चर्काे नाराबाजी समेत लगाएका थिए । स्थिती तनावपुर्ण भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक नवराज सापकोटाको नेतुत्वमा खटिएको टोलीले कुनै अप्रिय घटना नहोस भन्दै मेयर र नगर प्रहरीलाई सुरक्षा प्रदान गरेको थियो । स्थानिय वासिन्दाहरुले महागढीमाई नगरपालिकाका नगर प्रहरी र मेयर यादव तानशाह भएको आरोप समेत लगाएका हुन् । यसैगरी बरियारपुरका वडा अध्यक्ष मनोज गुप्ताले महागढीमाई मन्दिरमा दर्शनाथीहरुले चढाएको करोडौ रुपैया हिनामिना भएको आरोप लगाउंदै परेवाको बिषय लिएर कुटपिट गर्न नगर प्रहरी र मेयर जनताहरु माँझ कसरी जवाफ फर्काउन सक्छन् वडा अभ्यक्ष गुप्ताले भने, अहिले महागढीमाई मन्दिर परिसरको स्थिती समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक सापकोटाले जानकारी दिनुभयो ।