बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले युवाहरुले खेलकुदको माध्यमबाट शारीरिक र मानसिक बिकासलाई प्रवद्र्धन गर्ने बताउंदै खेलाडीहरुले खेलकुदको माध्यमबाट नै आफनो पहिचान तथा बिकासमा योगदान पुयाएको बताउनु भयो । बीरगंज आर्दशनगर स्थित रहेको होटल सरोवरमा दोसा्रे राष्ट्रिय मुनलाईट ईन्टर स्कुल यु १८ र्यापिड चेस ट्र्नामैंट प्रतियोगीता सुरु भएको छ । चेस ट्नामैंट प्रतियोगीतामा प्रमुख अतिथी रह्नु भएका मेयर राजेश मान सिंहले हामी स्वस्थ्य रह्नका लागी खेलकुद खेल्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बीरगंज महानगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया,डा।निरज सिंह,मुनलाईट स्कुलका संचालक श्याम केसी,सरोज चौधरी लगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा बिरगंजका १८ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका छन। उक्त प्रतियोगितामा जुनियर र सिनियर कक्षाका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भइरहेको छ।