बीरगंज महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष महबुब एलाही अन्सारीले ४ सय परिवारलाई कम्बल बितरण गरेका छन् । चिसो हावा र शितलहरी बढेपछि जाडोबाट बच्नका लागी वडा अध्यक्ष एलाहीले वडा नम्बर १४ का दलित , बिपन्न , ज्येष्ठ नागकिर तथा एक महिलालाई न्यानो कपडा कम्बल बितरण गरेका हुन् । बीरगंज महानगरपािलका वडा नम्बर १४ को वडा कार्यालयको आयोजनामा सम्पन्न भएको कम्बल बितरण कार्यक्रममा वडासदस्य कुन्दनकुमार सिंह, देवकरणप्रसाद कुर्मी, कान्तिदेवी चमार, स्वास्थ्य चौकीका इन्चार्ज सच्चिदानन्द, वडासचिव राजीव डङ्गोललगायतको उपस्थिति रहेको थियो।