पर्सा प्रहरीले अबैध रुपमा गाँजा खेतीको फडानी गरेको छ । गाँजाको खेती भईरहेको प्रहरीलाई स्थानिय वासिन्दाहरुले सुचना दिएपछि पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा नम्बर २ बेलवा तथा वडा नम्बर भथौडामा सात कट्ठा अवैध गााजा फडानी गरेको हो । प्रहरीले गाँजा खेती गर्न ब्यतिmलाई कानुनी कारवाही गरिने दाबी गर्नु भयो । पर्सा जिल्लामा गाँजा खेती अहिले पनि भईरहेको स्पष्ट देखीएको छ ।