स्वर्गीय मुकुन्द खनालको १७ औं स्मृति दिवसरको अवसरमा मानव सेवा आश्रम बीरगंजमा बसोवास गर्ने ५० जना बृद्ध, बृद्धा तथा बालवालिकाहरुलाई खाना खुवाइएको छ । शैक्षिक स्वर्गीय खनालको तस्बीरमा फुलमाला अर्पण गर्दे दिप प्रज्जवलित समेत गरिएको खनाल स्मृति प्रतिष्ठानका पर्सा जिल्ला अध्यक्ष मुना खनालले बताउनु भयो । असहाय , गरीबहरुलाई मानव सेवा आश्रममा आवद्ध रहेका कर्मचारीहरुले सेवा गरेको देख्दा आफु निकै खुशी भएको मुना खनालले भने, आउने दिनहरुमा पनि मानव सेवा आश्रमले यस्तै गुणस्तरीय सेवा प्रदान गर्नै बिश्वास राख्दै स्वर्गीय खनालको सपना प्रतिष्ठानले साकार पार्न सकृय रुपमा अगाडि बढाउने दाबी गर्नुभयो । सोही अवसरमा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्यायले स्वर्गीय मुकुन्द खनालले कर्मभुमि बीरगंजलाई बनाएको बताउनु भयो । शैक्षिक संस्थामा स्वर्गीय खनालको योगदान स्मरणीय गर्दै ठाकुरराम क्याम्पसमा अध्यापन गराउदै असंख्य बिद्यार्थीहरु लाई शिक्षा को ज्योती फैलाउने कार्य गरेको उपाध्यायले भन्नु भयो , वहाँको अधुरो रहेको सपनाहरु शिक्षा क्षेत्रको साथै स्वास्थ्य लगायत समाजिक सेवाको गुणस्तरीय सेवा सहयोग प्रदान गर्ने प्रतिष्ठानले अहक भुमिका खेल्ने बताउनु भयो । स्वर्गीय मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा मानवसेवा आश्रमका प्रकाश थारु,मुना मगर,ज्ञानदा एकेडेमिका प्रधानाध्यापक राजेन्द्र कोइराला , प्रतिष्ठानका सचिव लाल बाबु सिंह,सल्लाहकारद्वय प्राध्यानाध्यापकद्वय प्रभु रौनियार,जय कुमार दनुवार, सदस्यहरू शान्ति माली,नवराज भट्टराई, श्रवण रायमाझी,अभिलास गुप्ता,पवन श्रेष्ठ ,सुभास भट्टराई,छवि सिंह को उपस्थिती रहेको थियो। सो अवसरमा नेपाल पत्रकार महासंघ पर्सा जिल्लाका नवनिर्वाेचित अध्यक्ष ओम प्रकाश खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्वर्गाीय मुकुन्द खनाललाई शैक्षिक शहिद भनेर पनि चिने गरिन्छ । द्द